‘सत्तासँगै परराष्ट्र नीतिहरु पनि परिवर्तन हुनु दुखद्’ -अध्यक्ष तिमिल्सिना

‘सत्तासँगै परराष्ट्र नीतिहरु पनि परिवर्तन हुनु दुखद्’ -अध्यक्ष तिमिल्सिना

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्रनीति एउटै हुन नसकेको गुनासो गरेका छन् । 

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताएका हुन् । उनले अन्य मुलुकमा कुनैपनि पार्टीको सरकार बनेपनि एउटै परराष्ट्रनीति भएको तर नेपालमा भने एउटै परराष्ट्रनीति हुन नसकेको बताए । नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्रनीतिहरु पनि परिवर्तन हुने गरेको भन्दै जुनकुनै सरकार आएपनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड उनले दिए । 

उनले भने, ‘सचिव, सहसचिवहरु पार्टीका मान्छे भइदिँदा समस्या भइरहेको छ । उमेर कम भएको मान्छे ५८ मा उमेरहद बनाएर आफू त्यो स्थानमा हुन चाहनुहुन्छ, ६० वर्ष भएको मान्छे रोकेर आफू नै बस्न चाहनुहुन्छ । म त तपाईको पार्टीको हजुर, यो ऐन ल्यायौँ भनेर मन्त्रीहरुसँग जान्छन् । त्यसपछि के हुन्छ ? हाम्रोमा व्यवहारिक अभ्यास यही नै छ । धेरै यसरी बिग्रिएको छ । हाम्रो परराष्ट्रनीति के हो, अन्य देशमा हेर्दा जुनसुकै सरकार आएपनि हामीलाई हेर्ने एउटै दृष्टिकोण छ । तर हाम्रा त त्यही पार्टीकै मन्त्री फरकफरक भए भने फरक फरक हुन्छ । यस्तो कुरामा नीति अनुसन्धान प्रतिष्ठानले अध्ययन गर्न जरुरी छ ।’
 
अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय सभाले पठाएका ५ वटा विधेयक अहिले शुन्यमा पुगेको भन्दै दुःख व्यक्त गरे । उनले आगामी दिनमा मन्त्रीमण्डलको बिस्तार भइसकेपछि सम्बन्धित मन्त्रालयसँग पहिलेका विधेयकहरुलाई नै अघि बढाउन आग्रह गर्ने बताए । आफू अध्यक्ष भइसकेपछिको दोस्रो वर्षदेखिकै विधेयकहरु अहिलेसम्म प्रतिनिधि सभाबाट पास हुन नसकेको भन्दै संसदले लापरबाही गरेर अघि बढे संसदप्रतिको विश्वास गुम्ने उनले बताए । 
 
अध्यक्ष तिमिल्सिनाले सबै पदाधिकारीहरुले निष्पक्ष भएर काम गरेको खण्डमा राजनीतिक नियुक्तिको दबाब कम हुँदै जाने बताए । 

Skip This
Skip This
Logo