सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रवारसम्म सकिने

सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रवारसम्म सकिने

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम शुक्रवारसम्म सक्ने भएको छ । 

न्युनतम साझा कार्यक्रम निर्माणको लागि बनाइएको कार्यदलले शुक्रवारसम्ममा सम्पूर्ण काम सक्ने बताइएको छ । बिहीवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको ड्राफ्ट तयार भइसकेको जानकारी दिए । उनले सरकारमा सहभागि हुने विभिन्न राजनीतिक दलहरुको सुझावलाई समेट्दै ड्राफ्ट तयार भएको बताए । 

उनले भने– ‘सरकारको साझा कार्यक्रम मस्यौदा गर्नको लागि कार्यदल गठन भएको कुरा यहाँहरुलाई जानकारी नै छ । हामीहरु बेला–बेलामा कार्यदलको बैठक बसिरहेका छौँ । हाम्रो तयारी कार्य अगाडी बढेको छ । सरकारमा सहभागि हुने विभिन्न दलहरुको सुझावलाई संगठित गर्दै एउटा ड्राफ्ट हामीले तयार गरेका छौँ । ड्राफ्टलाई दफावार छलफल गर्दै त्यसलाई अन्तिम रुप दिन्छौँ र त्यसलाई हामी प्रश्तुत गर्छौ । आज नै हामी टुंग्याउने तयारीमा थियौँ । ड्राफ्ट सकिइसकेको छ ।’
 
कार्यदलको बैठक शुक्रवार (भोलि) बिहान ११ बजे बस्नेछ । ‘आज वर्षमान पुनज्यु अलि अस्वस्थ भएर उहाँ बैठकमा आउन सक्नुभएन । त्यसले गर्दा आजको बैठकलाई हामीले भोलि ११ बजेको निम्ति सारेका छौँ । भोलि हाम्रो सबै काम सकिन्छ ।’ पौडेलले भने । 

Skip This
Skip This
Logo