काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अाेलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ता पदको लाज जोगाउन आग्रह गरेका छन् । शुक्रबार सल्लाहकार रिमालले ट्वीट गर्दै त्यस्तो आग्रह गरेका हुन् । विधी र पद्धतिको नक्कली गीत गाउँदै नेताहरुलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन पनि उनको सुझाव छ ।
‘Enough is enough @nksthaprakash जी कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस । विधी र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस्’–रिमालले ट्वीटरमा लेखेका छन्–‘पार्टी एकता विरूद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस् । मुलुक संवेदनशील मोडमा छ महशुस होस ।’
































प्रतिक्रिया