प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अफिसियल फोटो सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको सूचना तथा प्रसारण विभागले फोटो सार्वजनिक गरेको हो ।
दौरा सुरुवाल सहितको फोटो पासपोर्ट साइजमा राखिएको छ ।
नेकपा माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पहिलो पटक दौरा सुरुवालमा पद तथा गोपनियताको सपथ लिएका थिए ।यसअघि प्रधानमन्त्री हुँदा कोट, पाइन्ट, टाइ र टोपीको फोटो प्रचलनमा ल्याइएको थियो । यसपटक भने सरकारकै निकायले दौरा सुरुवाल सेटको पासपोर्ट साइजको फोटो सार्वजनिक गरेको हो ।
माओवादी केन्द्रले दौरा सुरुवाल र टोपीलाई एकात्मक राज्य सत्ता र सामन्तवादी राजतन्त्र र राज्यव्यवस्थासँग जोडेर व्याख्या गर्दै आएको थियो । माओवादीमा प्रचण्ड बाहेक प्राय सबै नेताहरुले दौरा सुरुवाल लगाएको फोटो सार्वजनिक गरिसकेपनि अध्यक्ष प्रचण्डले भने यसैपटकदेखि लगाउन थालेका हुन् ।































प्रतिक्रिया