पूर्वमन्त्री एवं काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई पितृशोक

पूर्वमन्त्री एवं काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई पितृशोक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ ।

उनका पिता खड्गबहादुर बस्नेतको ८४ वर्षको उमेरमा गए राति त्रिविवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निधन भएको हो ।

उनी लामो समयदेखि प्यारालाइसिसबाट पीडित थिए । उनको शव आजै गृहजिल्ला सिन्धुपाल्चोक लगि दाहसंस्कार गरिने काँग्रेसका स्थानीय नेता युधिर पौडेलले जानकारी दिए ।रासस

Skip This
Skip This
Logo