बालुवाटारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ताः पार्टी एकताको प्रक्रिया अघि बढाउने

बालुवाटारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ताः पार्टी एकताको प्रक्रिया अघि बढाउने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले शनिबार बालुवाटरमा पुगेर भेटेका हुन् । झन्डै एक घण्टा चलेको वार्तामा उनीहरुबीच पार्टी एकता, संसदमा विश्वासको मत लिने र अन्य समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले बताएको छ । 

लामो समयको प्रेम-घृणाको सम्बन्धलाई पटाक्षेप गर्दै प्रचण्ड र बाबुराम चुनाव अघिबाट पुनः सँगसँगै उभिएका छन् । बाबुरामले आफूले जित्दै आएको क्षेत्र गोरखामा प्रचण्डलाई उठाएर जिताएका थिए । नेसपाका उम्मेदवार पनि माओवादी केन्द्रको चुनाव चिन्हमा चुनाव लडेका थिए । यसैबीच अब पार्टी एकता गरेर नै जाने विषयमा दुवै अध्यक्षबीच सकारात्मक ढंगले कुरा अघि बढेको नेसपाका नेता गंगा श्रेष्ठले जानकारी दिए ।

Logo