प्रदेश- १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेस

प्रदेश- १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीले गरे दाबी पेस

केन्द्रबिन्दु
0
Shares

प्रदेश- १ को मुख्यमन्त्रीमा नेकपा एमाले नेता हिक्मतकुमार कार्कीले दाबी पेस गरेका छन् । माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीको समर्थनमा एमाले प्रदेश संसदीय दलका नेतासमेत रहेका कार्कीले मुख्यमन्त्री पदमा दाबी पेस गरेका हुन् । 

सरकार गठनका लागि आह्वान गरिएको समयभित्रै कार्कीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेश गरेका हुन् । उनलाई ६० जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ । ९३ सदस्सीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ। एमालेसँग ४० र माओवादीसँग १३ सिट छ। केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट रहेको छ, जुन प्रदेशमा आरामदायी बहुमत हो । प्रदेशसभामा नेपाली कांग्रेससँग २९ र एकीकृत समाजवादीसँग ४ सांसद छन्।

 

Logo