अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैनः सांसद पौडेल

अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना गर्दैनः सांसद पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले अहिलेको व्यवस्थाले राष्ट्रिय सहमतिको सरकारको परिकल्पना नगरेको बताएका छन् । 

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पौडेलले यस्तो बताएका हुन् । उनले अहिलेको संविधानले सत्तापक्ष र प्रतिपक्षको परिकल्पना गरेकाले राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्था नरहेको बताए । काँग्रेसका लागि प्रतिपक्षको भुमिका अवसर रहेकाले यो अवसरलाई सही सदुपयोग गर्नुपर्ने उनले बताए । 

उनले बेथितिका बिरुद्ध पार्टीले जनताको आवाजलाई बुलन्द गर्ने बताए । उनले काँग्रेस नयाँ ढंगबाट आएको सन्देश जनतालाई दिन सक्नुपर्ने बताए । काँग्रेसले प्रतिपक्षमा रहेर जनताका समस्या उजागर गरेर संसदलाई प्रभावकारी बनाउने उनले बताए । 
 
सांसद पौडेलले आजको बैठकमा शिर्ष नेताहरुले सुशासन र बेथिति अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेकाले आगामी दिनमा यस कार्यमा लाग्न पहल हुने विश्वास लिएको बताए ।

Logo