भ्रष्टाचारमा संलग्‍नहरुलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न सरकारसँग माग

भ्रष्टाचारमा संलग्‍नहरुलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न सरकारसँग माग

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठूलाठूला भ्रष्टाचारमा संलग्नहरुलाई मृत्युदण्ड दिने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । 

मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारलाई विश्वासको मत दिने प्रश्तावमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले बलात्कारको जघन्य अपराधमा संलग्न, मानव अधिकारको गम्भिर उलंघनकर्ता र नेपालको आन्तरिक कुरा विदेशीलाई पु-याउनेहरुलाई पनि मृत्यदण्डको सजाय दिनेगरी सरकारले कानुनी व्यवस्था गर्नुपर्ने बताए । उनले कालापानीबाट भारतीय सेना फिर्ता पठाउन, भारतले मिचेको नेपालका सबै भूमि फिर्ता गर्न पनि सरकारलाई दबाब दिए । 

सांसद सुवालले काठमाडौं उपत्यका विकास प्राधिकरण आवश्यक नभएको भन्दै तत्काल खारेज गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।चुरे क्षेत्रको ढुंगागिटी भारतलाई खरिदविक्री गर्ने काम बन्द गर्नुपर्ने सांसद सुवालले बताए । उनले काठमाडौं उपत्यकाका औंद्योगिक क्षेत्रहरु उपत्यका बाहिर सार्ने निर्णय कार्यान्वयन गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताए । 

Logo