एमाले त्यागेका घनश्याम भूसाल आज एकीकृत समाजवादीमा जाँदै

एमाले त्यागेका घनश्याम भूसाल आज एकीकृत समाजवादीमा जाँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले परित्याग गरेका घनश्याम भूसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् ।

शुक्रबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्याल होटलमा भुसालले नेकपा एसमा समाहितको स्वघोषणा कार्यक्रम राखेका छन् । भुसालले आफूनिकट केही एमाले कार्यकर्तालाई पनि सँगै ल्याउने तयारीमा छन् । उनले एमालेका केन्द्रीय कमिटीमा रहेका आफूनिकट सदस्यहरूलाई आग्रह गरेपनि प्रायः कसैले साथ नदिने भएका छन् । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै रहेका थिए । गत असोज २३ मा एमाले परित्याग गरेका भूसाल मंसिर ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट स्वतन्त्र रुपमा चुनाव लडेका थिए ।

एकीकृत समाजवादीमा फर्किएका भूसालले कुन जिम्मेवारी पाउँछन् भन्ने खुलिसकेको छैन । यद्यपि पार्टीभित्र उनलाई महासचिव वा उपाध्यक्ष पद दिने विषयमा छलफल चलिरहेको एक नेताले बताए । हाल एकीकृत समाजवादीको महासचिव पदमा बेदुराम भुसाल छन् । एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा भने भूसाललाई दिने जिम्मेवारीबारे पार्टीमा छलफल गरेर निष्कर्षमा पुग्ने बताउँछन् ।

Skip This
Skip This
Logo