गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री  खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेका छन् ।

आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मतसहित विश्वासको मत प्राप्त गरेका हुन् । उनको पक्षमा नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ जना सांसद उभिएका हुन् । बैठकमा ५८ जना प्रदेश सांसदको सांसद उपस्थित रहेको थियो । नेपाली कांग्रेसका २७ सांसदले भने विपक्षमा मतदान गरेका छन् ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्‍मा प्रस्ताव पेश गरेका थिए, सो प्रस्तावमा छलफल पछि भएको मतदान प्रक्रियावाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । विश्वासको मत पाउने अधिकारी प्रदेश सरकारका पहिलो मुख्यमन्त्रीसमेत हुन् ।  

Logo