प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि गरेको प्रस्तावको पक्षमा ५९ प्रदेश सांसदले मत हालेका हुन् ।
९३ सदस्यीय प्रदेशसभामा सत्तागठबन्धनमा सहभागी चार दलका ६० सांसदमध्ये सभामुखबाहेक ५९ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस र नेकपा(एकीकृत समाजवादी) का ३२ प्रदेश सांसदहरूले भने विपक्षमा मत दिएका छन् ।





























प्रतिक्रिया