विमान दुर्घटनामा घाइतेको तत्काल उद्दार गरी उपचारको व्यवस्था गर्न माओवादीकाे माग

विमान दुर्घटनामा घाइतेको तत्काल उद्दार गरी उपचारको व्यवस्था गर्न माओवादीकाे माग

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र)ले कास्कीको पोखरामा आज भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले एक विज्ञप्तिमार्फत् दुर्घटनाका घाइतेको तत्काल उद्दार गरी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । काठमाडौँबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ७२ विमान पोखरामा आज दुर्घटनामा परेको हो ।

उपाध्यक्ष महराले मृतकका परिवार तथा घाइतेलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष  अनुरोध गरेका छन् । यस्तै पछिल्लो समय बढिरहेको हवाई तथा सवारी दुर्घटना रोक्नका लागि उचित पहल गर्न सम्बन्धित पक्षले ध्यान दिन जरूरी रहेको विज्ञप्तिमा उल्लेख छ ।

Logo