सत्तारुढ दलहरुबीच मन्त्रालयको भागवण्डा आजै टुंगिने भएको छ ।
प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार विहान बालकोटमा भएको झण्डै ४-५ घण्टाको छलफलपछि बाहिरिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीहरुसँग सो बताएका हुन् । उनले कुन दलले कति पाउँछन् भन्ने चाँही खुलाएनन् ।
तर, स्रोतका अनुसार ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागवण्डाको खाका बनेको छ । जसअनुसार एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री, माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३ मन्त्री लिने लगभग सहमति जुटेको छ । सरकारमा सहभागी हुने अन्य दलले पनि मन्त्रालय पाउने छन् ।
पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा रहेका छन् । आइतबार साँझ पनि उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको थियो । आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ ।





























प्रतिक्रिया