परराष्ट्रमन्त्री विमला पौडेल राईले गरिन् पदभार ग्रहण

परराष्ट्रमन्त्री विमला पौडेल राईले गरिन् पदभार ग्रहण

केन्द्रबिन्दु
0
Shares

परराष्ट्रमन्त्री विमला पौडेल राईले पदभार ग्रहण गरेकी छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएसँगै आजै सिंहदरबारस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । 

सबैभन्दा ठूलो सत्ता साझेदार दल एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्य राई नेपालको इतिहासमा परराष्ट्रमन्त्री हुने तेस्रो महिलासमेत हुन्। यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला र  एमालेकी सहाना प्रधान परराष्ट्र मन्त्री भएकी थिइन्।

Logo