सबै नेपालीमा स्वास्थ्यको पहुँच पुग्नेगरी रफ्तारमा काम अगाडि बढाउँर्छौँः मन्त्री गिरी

सबै नेपालीमा स्वास्थ्यको पहुँच पुग्नेगरी रफ्तारमा काम अगाडि बढाउँर्छौँः मन्त्री गिरी

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने बताएका छन् । 

मंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री गिरीले सबै नेपालीहरुमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका हुन् । उनले सबै पालिकाहरुमा निर्माणाधिन अवस्थामा रहेका अस्पतालहरुमा आवश्यक जनशक्ति र उपकरणहरुको व्यवस्थापनमा पनि ध्यान दिइने बताए । 

‘अहिले सबै पालिकाहरुमा ५ देखि १५ बेडसम्मका अस्पतालहरु निर्माणको प्रक्रियामा छन् । त्यहाँ आवश्यक जनशक्तिहरु व्यवस्थापन गर्नुपर्ने होला । इक्वीपमेण्टहरुको व्यवस्थापन गर्नुपर्ने होला । गाउँका जनताले नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सकुन् । हाम्रो चाहाना त्यो हुन्छ ।’ उनले भने, ‘त्यसका लागि एकदम द्रुत गतिमा रफ्तारका साथ हामी त्यो कामलाई अगाडी बढाएर लिएर जान्छौँ । अहिले भइराखेका जतिपनि अस्पतालहरु छन्, त्यहाँ इक्विपमेण्टको अवस्था के छ ? गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि के के अवरोधहरु छन् ? ति सबै कुराहरुको पहिचान गरेर त्यसलाई समाधान गर्नेतर्फ पनि ध्यान दिएर काम अगाडी बढाउने छौँ ।’ 

मन्त्री गिरीले जनताहरुले गुणस्तरीय सेवा लिन सकुन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै त्यसका लागि रफ्तारमा काम अगाडी बढाउने बताए । उनले स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताए । सबै नागरिकहरुलाई स्वास्थ्य बीमाको दायराभित्र ल्याउने र गुणस्तरीय स्वास्थ्य सेवा दिने उनले बताए । 

Logo