प्रतिनिधिसभाको सभामुख पदका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरूका तर्फबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरेको उमेदवारी दर्ता गराएका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उमेदवारी दर्ता गराएका हुन् । घिमिरेको प्रस्तावकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ छन् । समर्थकहरूमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन छन् ।
.jpg)





























प्रतिक्रिया