बजेटको दूरुपयोग हुन नदिन मातहतका निकायलाई कृषिमन्त्री साहको निर्देशन

बजेटको दूरुपयोग हुन नदिन मातहतका निकायलाई कृषिमन्त्री साहको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले बजेटको दूरुपयोग हुन नदिन मातहतका सबै निकायलाई कडा निर्देशन दिएकी छन् । 

मन्त्री साहले आफू मातहतका सबै निकायको अनुगमन गरी खराव काम गर्ने कर्मचारीलाई दण्ड दिने र राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहित गरेर अघि बढने आफ्नो कार्य योजना रहेको पनि स्पष्ट पारिन् । कृषि विभागले बुधबार प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसर पारेर ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले रामो काम गर्ने कर्मचारीलाई मनोबल नघटने गरी काम गर्ने वातावरण बनाउने आफ्नो दायित्व रहेको पनि पटकपटक दोहो-याइन् । 

‘राम्रो गर्नेलाई राम्रो तरिकाले उत्साहित गरिदियो भने त्यसले अझ मेहनत गर्दै जान्छ । यदि मेहनत ग-यो । अनि फेरी कोही खराव मान्छे उछिटिएर आयो भने उसको हिम्मत घटदै जान्छ । ए, मेहनत गरे पनि केही नहुँदो रहेछ । खरावै काम गर्नुपर्ने रहेछ । खरावैको बाटो देखाई दिन्छ । यो चिजबाट होशियार हुन जरुरी छ । भएको बजेटलाई हामी सदूपयोग गर्ने । काखापाखा नगरीकन कर्मचारीलाई सही तरिकाले सही बाटोमा हिँड्नका लागि कडा निर्देशन गर्न जरुरी छ । र, त्यो निर्देशनमा तपाईहरु हिँड्नु हुनेछ भन्ने मैले विश्वास गरेको छु । पक्कै पनि त्यो निर्देशनलाई तपाइँहरुले पालना गर्नु हुनेछ ।’ उनले भनिन् ।  

कृषि मन्त्रालयका कर्मचारीले किसानको समस्या बुझेको हुनुपर्ने उल्लेख गर्दै मन्त्री साहले ती समस्या समाधानका लागि मेहनतका साथ काम गर्नुपर्ने समेत बताइन् । उनले किसानहरुको समस्या समाधानका लागि आफू केन्द्रित भएर लागिपन बताइन् । कृषि उपजमा मुलुकलाई आत्मनिर्भर हुने गरी अघि बढ्न जरुरी रहेकोसमेत उनले बताइन् । कृषि क्षेत्रको विकासका लागि नयाँ–नयाँ कामको सूरुवात गर्ने मन्त्री साहको भनाई थियो । 

Skip This
Skip This
Logo