राष्ट्रिय जनमोर्चाले नेपाली काँग्रेसको तर्फबाट सभामुखका उम्मेदवार इश्वरीदेवी न्यौपानेलाई मतदान गर्ने भएको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले न्यौपानेको पक्षमा मतदान गर्ने बताएका हुन् । उनले सरकार र सत्तारुढ दलहरुको गतिविधिले मुलुक धरापमा पर्ने अवस्था आएको समेत बताए । गृहमन्त्री रवि लामिछाने र सहरी विकासमन्त्री विक्रम पाँण्डेको नामै लिएर उनीहरुको रेकर्ड हेरेर पनि मुलुक संकटमा पर्ने अवस्था आएको उनले बताए ।
‘अव नयाँ नयाँ मान्छे आउनुपर्छ भनेर हल्ला भईराखेको थियो । नयाँ आउने वित्तिकै नयाँ को त देखिहालियो तस्वीर । फेदमा बस्ने पनि त्यो स्थिति । रुख तान्न बस्नेको पनि त्यो स्थिति । जे भएपनि राष्ट्रिय जनमोर्चाले अहिले पनि प्रतिगमन सच्चिएको छ भन्ने मुलुकमा भन्ने पक्षमा छैन ।’ उनले भने, ‘त्यसो भएर जुन पहिलेको गठबन्धन छ । पहिलेको गठबन्धन मध्येको नेपाली काँग्रेसले आफूलाई प्रतिपक्ष भनिरहेको छ । उसलाई चाँही प्रतिपक्ष नै भएर सरकारलाई समर्थन नगरी किन बस्न सकेन ? किन सकेन भने अघि गएकाल हलो त रोज्छन सोझासोझा भनेर ऊ पनि सामेल भयो । यो स्थितिमा जे भएपनि जस्तो भएपनि छातीमा मुड्कीले हानेर ईश्वरी न्यौपानेजीलाई राष्ट्रिय जनमोर्चाले सहयोग गर्छ ।’
उनले लोकतन्त्र र गणतन्त्र धरापमा पर्ने अवस्था आएकाले शक्ति केन्द्रहरुले मुलुकमा खेल्न सक्ने अवस्था रहेको समेत जिकीर गरे ।
नेता केसीले गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि लडाईँ लडेकाहरुलाई अपमान गर्ने अवस्था आउनु भनेको मुलुकका लागि हितकर नभएको समेत बताए । उनले नेपाली काँग्रेसलाई प्रतिपक्षमै नबसेर किन सरकारलाई समर्थन दिएको भनि प्रश्न समेत गरे ।





























प्रतिक्रिया