नवनिर्वाचित सभामुख घिमिरेले गरे पदभार ग्रहण

नवनिर्वाचित सभामुख घिमिरेले गरे पदभार ग्रहण

केन्द्रबिन्दु
0
Shares

नवनिर्वाचित सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै सभामुख घिमिरेले लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गरेका थिए। त्यसपछि उनले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर पदबहाली गरेका हुन्।

सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका घिमिरे सभामुखमा बहुमतका साथ बिहीवार निर्वाचित भएका थिए। घिमिरे एमाले स्थायी कमिटी सदस्य, पार्टीको प्रदेश १ इन्चार्जसमेत थिए । तर, सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरिसकेका छन् ।

Skip This
Skip This
Logo