नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी निर्वाचित

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भण्डारी निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित भएका छन् ।

शनिबार बिहान सम्पन्न संघको २९ औं साधारण सभा निर्वाचनबाट अरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालक भण्डारी निर्वाचित भएका हुन् । उनले आफ्ना तीन जना प्रतिस्पर्धीलाई पराजित गरेका छन् । नेकपा एमाले निकटको प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष भण्डारीले १ सय ९९ मत पाए । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्षका उम्मेदवार कुमुद खनालले १ सय ५७ मत पाए ।

एशोसिएसनबाटै विद्रोह गरेर अध्यक्षमा उम्मेदवार दिएका भुवनसिंह गुरूङले १ सय ३१ मत पाए । नेकपा माओवादी निकटको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च र नेकपा एकीकृत समाजवादी निकटको एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनको संयुक्त प्यानलका अध्यक्षका उम्मेदवार डा. ईश्वर जिसीले १ सय १८ मत पाए ।

त्यस्तै, संघको प्रथम उपाध्यक्षमा मञ्चका डिक बहादुर खत्री कुमार निर्वाचित भएका छन् । उनले २ सय ५३ मत पाएका छन् । उनका प्रतिस्पर्धी एशोसिएसनका किशोर केसीले १ सय ९६, धनलाल जैसीले १४२ र सुरज कुमार घुण्डेले १५ मत पाए । द्वितीय उपाध्यक्षमा पनि मञ्चकै उम्मेदवार सञ्जु गुरूङ २ सय ६३ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी भुवनसिंह गुरूङ प्यानलका महमद जवाहरदिन मियाँले १ सय २२, लोकतान्त्रिक एशोसिएसन प्यानलका अख्तर हुसेनले १ सय २ र गणतान्त्रिक समाजवादी प्यानलका बाबुराम खड्काले ९६ मत पाए ।

तृतीय उपाध्यक्ष मञ्चका उम्मेदवार रोशन कटुवाल १ सय ९२ मत ल्याई विजयी भएका छन् । महासचिवमा लोकतान्त्रिक प्यानलका मेघनाथ भुर्तेल २ सय ६३ मतसहित विजयी भएका छन् । निलकमल ह्यूमेन रिसोर्स प्रा.लि.का संचालक भुर्तेल यसअघि संघको सचिव थिए । सचिवमा लोकतान्त्रिक प्यानलका कर्णराज कटुवाल २ सय ४१ मत ल्याई निर्वाचित भएका छन् । कोषाध्यक्षमा मञ्चकी सरिता घले २ सय २८ मत ल्याई निर्वाचित भएकी छन् ।

यसैगरी, कार्यसमिति सदस्यमा राजेन्द्र बस्नेत २९१, विक्रम श्रेष्ठ २४६, देवमाया थापा २४५, बैकुण्ठ प्रसाद पौडेल २३२, कैलाश पाठक २३०, देउमान नेम्वाङ २२४, आनन्द कोइराला २१८, नारायण भुसाल २१७, तोरणबहादुर कार्की २१२ र चन्द्र बहादुर लिम्बू २१० मत ल्याएर निर्वाचित भएका छन् ।

Skip This
Skip This
Logo