उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरित संसदमा आफैंले सहीदहरुको सम्मान भन्दै मौनधारण गर्न लगाएको दावी गरेका छन् ।
मधेशका सहीदहरुप्रति सरकार र संसदले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाएका थिए । त्यो काम संसदीय मर्यादा र नियम विपरित भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरुले मौन धारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङदेनले स्पष्ट पारे ।
उनले विशेष परिस्थितिमा सभामुखले गरेको रुलिङलाई मात्रै संसदमा मान्नुपर्ने परिपाटी रहेको पनि उल्लेख गरे ।
मन्त्री लिङदेनले आफूहरुले सो क्रममा सहीदहरुलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गरे । ‘संसदको एउटा मर्यादा हुन्छ । एउटा नियम हुन्छ । र, रुलिङ सभामुखको चल्छ । यति कुरा पनि दोस्रो कार्यकाल संसदमा आएको मैले बुझिनभने, म कुनै भावना वा बहानाले बगे भने त्यसले संसदीय परम्परामा रामो छाप छोडदैन । कि त त्यो विषय सभामुखले रुलिङ गर्नु प¥यो । कि मेरो प्रधानमन्त्री उठनु प¥यो । त्यसकारण हामीले यो भ्रम नरहोस् । हामीले त्यो विषयप्रति अनादर गरेको होइन ।’ उनले भने ।
मन्त्री लिङदेनले सो घटनालाई लिएर प्रधानमन्त्रीले नै सहीदहरुप्रति अनादर गरेको भनेर गलत कुरा बाहिर लैजान नपाउने जिकीर समेत गरे ।





























प्रतिक्रिया