पदीय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नेछु -उपसभामुख राना

पदीय जिम्मेवारीलाई इमान्दारिताका साथ निर्वाह गर्नेछु -उपसभामुख राना

केन्द्रबिन्दु
0
Shares

नवनिर्वाचित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले आफूले पाएको पदीय जिम्मेवारी इमान्दारिताका साथ निभाउने प्रतिवद्धता व्यक्त गरेकी छन् । 

उपसभामुखमा निर्वाचित भएलगत्तै सञ्चारकर्मीमाझ रानामगरले सो प्रतिक्रिया दिएकी हुन् । विपक्ष दलका सांसदहरुले समेत उठाएका उस्यूहरुलाई सभामुखसँग सहकार्य गरेर सम्बोधन गर्न आफ्नो इमान्दार प्रयास रहने उनले बताएकी छन् ।  

उपसभामुख रानामगरले संविधानले दिएको अधिकार भित्र रहेर संसदको कामलाई अझ बढि प्रभावकारी, मर्यादित र सुसंस्कृत बनाउन आफूले पहल गर्ने पनि बताइन् ।  

उनले भनिन्- ‘नेपालको संविधानले व्यवस्था गरेको भूमिकालाई म इमान्दारिताका साथ निभाउने छु । गठबन्धनदेखि लिएर विपक्ष पार्टीका सम्पूर्ण माननीयज्यूहरुलाई उठाएका इस्यूलाई एकदम इमान्दारिताका साथ तटस्थ भएर सम्माननीय समामुखज्यूसँग सहकार्य गरेर उहाँलाई सहजीकरण गर्ने र अझ प्रभावकारी र मर्यादित र सुसंस्कृत गर्ने काम हुन्छ । उपसभामुखले धेरै काम गर्नुपर्ने जस्तो लागेको छ । आम जनताको हक, अधिकारलाई निडर र अविचलित भएर मैले कार्य गर्नेछु । तटस्थ र इमान्दारिताका साथ सबैको पक्षमा बोल्नेछु ।’

उपसभामुख मगरले आफू ठूलो परिवारमा आएको उल्लेख गर्दै त्यसको गरिमालाई कायम राख्दै अघि बढने समेत बताइन् । 

Logo