रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार

रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको उपनेतामा विराजभक्त श्रेष्ठ र पार्टीको प्रमुख सचेतकमा सन्तोष परियार चयन भएका छन् ।

रास्वपाको संसदीय दलको बैठकले श्रेष्ठलाई संसदीय दलको उपनेतामा र परियारलाई प्रमुख सचेतकको रुपमा चयन गरेको सो पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।

संसदीय दलको उपनेतामा चयन भएका श्रेष्ठ काठमाडौँ क्षेत्र नं ८ बाट प्रतक्ष्य निर्वाचित सांसद हुन् भने प्रमुख सचेतकमा चयन भएका परियार समानुपातिक सांसद हुन् । रास्वपा संसदीय दलको नेतामा पार्टीका सभापति रवि लामिछाने यसअघि नै चयन भइसकेका छन् । 

पार्टीबाट हाल प्रतिनिधिसभामा २० जना सदस्य रहेका छन् । 

Logo