गण्डकीको मन्त्रिपरिषदले पायो पूर्णता, नवनियुक्त ३ मन्त्रीद्वारा शपथग्रहण

गण्डकीको मन्त्रिपरिषदले पायो पूर्णता, नवनियुक्त ३ मन्त्रीद्वारा शपथग्रहण

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। 

प्रदेशका १२ वटा मन्त्रालयबाट ७ वटामा झारेका मुख्यमन्त्री अधिकारीले मंगलबार एमालेका रोशन गाहा मगरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, बेदबहादुर गुरूङलाई कृषि तथा ऊर्जा मन्त्रालयको जिम्मा दिएका हुन् भने माओवादी केन्द्रका रेशमबहादुर जुग्जालीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिएका छन् । 

साथै नवनियुक्त ३ मन्त्रीले मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।  

भागबण्डामा मुख्यमन्त्री अधिकारीले एमालेलाई ४ र माओवादीलाई २ मन्त्रालय राखेका छन् भने राप्रपालाई एउटा मन्त्रालय दिएका छन्। यसअघि नै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ मन्त्री नियुक्त भइसकेका थिए । चुमानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सुन्दासलाई आर्थिक मामिला मन्त्रालय र गुरुङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

Logo