स्ववियू चुनावका लागि अखिल क्रान्तिकारीले सचिवहरुलाई प्रदेश इन्चार्ज तोक्यो

स्ववियू चुनावका लागि अखिल क्रान्तिकारीले सचिवहरुलाई प्रदेश इन्चार्ज तोक्यो

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको तेस्रो पदाधिकारी बैठकले स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) चुनाव लक्षित कार्यविभाजन गरेको छ।

आगामी चैत ५ मा हुने स्ववियू चुनावका लागि सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।  पदाधिकारी बैठकबारे निर्णयबारे जानकारी गराउन जारी गरिएको परिपत्र अनुसार प्रदेश १ को ईन्चार्ज खगेन्द्र सुवेदी तोकिएका छन् । यस्तै, मधेश प्रदेश इन्चार्जमा अनिल भगत, विशेष प्रदेश ईन्चार्जमा पर्सुन कार्की, बागमती ईन्चार्जमा कृष्ण न्यौपाने, गण्डकी ईन्चार्जमा नरेन्द्र बयाडी, लुम्विनी प्रदेश ईन्चार्जमा सूर्य घर्ती मगर, कर्णाली प्रदेश ईन्चार्जमा त्रिसणा हमाल र सुदुरपश्चिम ईन्चार्जमा भिम भट्ट तोकिएका छन् ।

विश्वविद्यालय कमाण्डहरुको ईन्चार्जमा सचिवहरु उपेन्द्र शाही र संजय कालधानले जिम्मेवारी पाएका छन् । त्यस्तै, केन्द्रीय छात्राविभाग प्रमुखमा सचिव पार्वती नेगी, केन्द्रीय स्वयंसेवक प्रमुखमा सचिव योगेन्द्र बुढा र सम्पर्क मञ्च ईन्चार्जमा सचिव विजय सापकोटाले जिम्मा पाएका छन् । अखिल क्रान्तिकारीको तेस्रो पदाधिकारी बैठकले बिना गठबन्धन स्ववियू चुनाव लड्ने निर्णय गर्दै कार्यविभाजन गरेको हो ।

यसअघि प्रदेश ईन्चार्जहरु उपाध्यक्षहरुबाट पठाउने कि सचिवहरुबाट पठाउने भन्नेमा विवाद हुँदा सम्मेलन भएको लामो समयसम्म कार्यविभाजन भएको थिएन । यस्तै, अखिल क्रान्तिकारीले स्ववियू चुनाव हुने त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा चुनावी कमाण्डर समेत तोकेको छ।

Logo