राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको लागि माघ २३ गते निर्वाचन हुने भएको छ ।
शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा उपाध्यक्ष पदको लागि निर्वाचन गर्न २०७९ माघ २३ गते सोमवारको लागि मिति तोकेका हुन् । उनले निर्वाचन सम्बन्धी कार्यक्रमको सूचना प्रकाशन गर्नका लागि संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई निर्देशन समेत दिए ।
बैठकले नेपाल विश्वविद्यालय विधेयक २०७९ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । राष्ट्रिय सभाको आगामी बैठक माघ २३ गते सोमवार बिहान ११ः५९ मा बस्नेगरी बोलाइएको छ ।































प्रतिक्रिया