राष्ट्रपति निर्वाचन कुनै पनि हालतमा सार्नु हुँदैन -शेखर कोइराला

राष्ट्रपति निर्वाचन कुनै पनि हालतमा सार्नु हुँदैन -शेखर कोइराला

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले राष्ट्रपतिको निर्वाचन कुनै पनि हालतमा सार्न नहुने बताएका छन् ।

शनिबार नेपाल प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशन उदघाटन गर्दै नेता कोइरालाले आगामी फागुन २८ गते अगाडि नै राष्ट्रपतिको निर्वाचन गर्न माग गरेका हुन् । निर्वाचन २८ पछि सारे देशमा अनिष्ट हुने उनको भनाइ छ । ‘राष्ट्रपति निर्वाचन पछि धकेल्नका लागि इफ, बट आवस्यक छैन,’ उनले भने । उनले नेपाली कांग्रेसले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताए ।

सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा मुलुकमा बेथिति हुने उनको भनाइ छ । नेता कोइरालाले नेपाली कांग्रेस ठूलो पार्टी भए पनि सरकार बनाउने अवसर गुमाएको बताए ।

Skip This
Skip This
Logo