सबैलाई बाँध्न बनाइएको संविधानले कसैलाई बाँधेन -पूर्वसभामुख ढुंगाना

सबैलाई बाँध्न बनाइएको संविधानले कसैलाई बाँधेन -पूर्वसभामुख ढुंगाना

केन्द्रबिन्दु
0
Shares

पूर्वसभामुख दमननाथ ढुंगानाले संविधान कार्यान्वयन भए/नभएको हेर्नका लागि एउटा छुट्टै निकाय बनाउन आवश्यक रहेको बताएका छन् । 

शनिवार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख ढुंगानाले यस्तो बताएका हुन् । उनले संविधान बनाउने तर कार्यान्वयन नहुने समस्या भएको भन्दै संविधानको पूर्ण कार्यान्वयनका लागि संविधान कार्यान्ववन भए/नभएको हेर्ने छुट्टै निकाय बनाउन आवश्यक रहेको बताए । 

उनले नेपालमा दूरदृष्टि राखेर संविधान निर्माण गर्न नसकिएको बताए । उनले तत्कालको लागि सोचेर कोही मानिसलाई मन्त्री हुनबाट र वा अन्य प्रयोजनका लागि रोक्न संविधान बन्ने गरेकोप्रति दुःख व्यक्त गरे । 

पूर्वसभामुख ढुंगानाले सबैलाई बाँध्नका लागि बनाइएको अहिलेको संविधान कसैलाई पनि नबाँध्ने किसिमको संविधान भएको पनि टिप्पणी गरे ।

Skip This
Skip This
Logo