माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दैछ।

सोमबारदेखि सुरु भएको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १२ बजे बस्ने बैठकमा आगामी फागुन २५ गते हुने राष्ट्रपतीय निर्वाचन लगायतका विषयमा छलफल हुनेछ। समसामयिक विषयमा पदाधिकारीबीच अनौपचारिक छलफल हुन लागेको महासचिव देव गुरुङले बताए।

सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिइसकेको छ। 

Skip This
Skip This
Logo