रवि लामिछानेको चेतावनी- मेरो मौनता आजसम्मका लागि मात्र हो, केही भए गरीहाल्नुस्

रवि लामिछानेको चेतावनी- मेरो मौनता आजसम्मका लागि मात्र हो, केही भए गरीहाल्नुस्

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागिमात्र भएको बताएका छन् । 

बिहीबार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले आफ्नो मौनता आज सम्मका लागि मात्रै भएको र आफू अभिमन्यु नभएको बताएका हुन् ।  उनले भनेका छन्- ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी  केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’ 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठनका बेला भएको सहमतिअनुसार रास्वपाका सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए । तर, उनको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भए । त्यसयता गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिएका छन् । 

गत आइतबार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन दबाब सृजना गरिरहे पनि प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आएका छन् । यहीबीच उनको यस्तो धारणा सार्वजनिक भएको हो । 

Skip This
Skip This
Logo