नेकपा एकीकृत समाजवादीको केन्द्रिय कमिटीको बैठक सुरु भएको छ ।
बैठक शनिवार ललितपुरको बालकुमारीमा सुरु भएको हो । आजबाट सुरु भएको केन्द्रिय कमिटीको बैठक आइतबारसम्म जारी रहनेछ । बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने र महासचिव डा. वेदुराम भुसालले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ । बैठक अवधिमा यी दुवै विषयहरुमा नेताहरुले छलफल गर्नेछन् ।
प्रतिवेदनमा पछिल्लो पटक विकसित राजनीतिक परिस्थिति एवं घटनाक्रमका सन्दर्भमा पार्टीले निर्वाह गर्नुपर्ने भुमिका तथा भावी कार्य योजनाबारे रणनीति निर्माणमा छलफल गर्ने जनाइएको छ ।































प्रतिक्रिया