राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज, यस्तो छ कार्यतालिका

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज, यस्तो छ कार्यतालिका

केन्द्रबिन्दु
0
Shares

राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ ।

संघीय संसद सचिवालयका अनुसार अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन कार्यक्रम रहेको छ । राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो ।

राष्ट्रिय सभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन भने सत्तारुढ दलले पनि उम्मेदवार सार्वजनिक गरेको छैन् । यद्धपी, आज दुवैको तर्फवाट उम्मेदवार मनोयन भने हुनेछ । 

Logo