कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार विपक्षी गठबन्धनको सहमति अनुसार उम्मेदवारी नदिने निर्णय भएको बताए ।

यद्यपि कांग्रेसले माओवादी उम्मेदवार उर्मिला अर्याललाई मत दिने नदिनेबारे भने कांग्रेसले निर्णय भएको छैन । सोमबार हुने राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । 

Logo