नेपाली काँग्रेसका सांसद धनराज गुरुङले देश गम्भीर आर्थिक शंकटतर्फ उन्मुख रहेको बताएका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गुरुङले यस्तो बताएका हुन् । नृताहरु ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै उनले अझै नेताहरु नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने बताए । आँखा अघि नै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरु आफ्नै स्वार्थमा लागिपरेको उनले बताए ।
उनले जनताको स्वार्थ भन्दा मन्त्रीहरु पुरानो गाडी परिवर्तन गर्नुहोस् भन्नेतर्फ लागिपरेको आरोप लगाए । उनले देश गफले मात्रै चल्न नसक्ने भन्दै संसद जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । संसद नीति निर्माण भन्दा पनि घोचपेचमा नै सकिँदै गइरहेको उनले बताए ।
सांसद गुरुङले मन्त्री र प्रधानमन्त्री पदकै लागि नेताहरु पटकपटक लडिरहेको बताए । उनले यस पटकको प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित भएपनि नयाँ प्रतिनिधि सभा सदस्यहरु पनि पुरानै नेताहरु सरह सत्तामा लिप्त भएको बताए ।































प्रतिक्रिया