रवि लामिछानेलाई फेरि भेटेर कुरा गर्छु, गठबन्धनको एकता जोगाउँछु -प्रधानमन्त्री

रवि लामिछानेलाई फेरि भेटेर कुरा गर्छु, गठबन्धनको एकता जोगाउँछु -प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताएका छन् । 

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले राष्ट्रिय सहमति नै गरेर अघि बढ्ने कुरा गरिरहेको उल्लेख गर्दै सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि बचाउनु पर्छ भन्नेमा आफू रहेको बताए ।

त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग फेरी भेट गरी देखिएको समस्या तत्काल हल गर्ने उनको भनाई थियो । ‘हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं । मेरो कोशिस त थियो–राष्ट्रिय सहमती नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो । अदालतको निर्णय पछि उहाँहरुलाई केही असहजता त भएकै थियो । अव उहाँसँग फेरी भेटेर कुरा गर्छु ।’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग आईतबार (आज) बिहान भएको भेटमा मन्त्रीहरु फिर्ता बोलाए पनि सरकारलाईं दिएको समर्थन भने फिर्ता नगर्ने बताएको पनि स्मरण गरे । 

Skip This
Skip This
Logo