रवि लामिछानेको अभिव्यक्तिलाई लिएर पत्रकार महासंघको आपत्ति

रवि लामिछानेको अभिव्यक्तिलाई लिएर पत्रकार महासंघको आपत्ति

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

सरकारबाट बाहिरिने निर्णय गरेको पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले सञ्चारमाध्यम प्रति दिएको अभिव्यक्तिलाई लिएर महासंघका महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन् । 

‘सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रुपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुन सक्ने तथ्यप्रति महासंघ चिन्ता प्रकट गर्दछ । उनको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् लामिछाने र रास्वपाले लिनुपर्ने छ’ विज्ञप्तिमा भनिएको छ ।

Logo