नेपाली काँग्रेसका नेता एवम् सांसद प्रदीप पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अहंकार कायमै रहे संघीय संसद पाँच वर्ष अघिनै विघटन हुने डर आफूलाई लागेको बताएका छन् ।
ओलीले संसदमा गरेको पछिल्लो सम्बोधनले त्यो कुरालाई संकेत गर्ने उनको जिकीर थियो । बुधबार काठमाडौंमा आयोजित ‘अवको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उनले केपी ओली प्रवृत्ति बलियो हुँदै गयो भने त्यसले मुलुकको लोकतन्त्रलाई बलियो बनाउन नसक्ने आरोपसमेत लगाए ।
नेता पौडेलले ओलीले आफ्नै अहंकारका कारण आफू नेतृत्वको सरकार गुमाउनु परेको पनि बताए । ओलीले दुई तिहाई नेतृत्वको सरकार चलाउन पाएपनि मुलुकको हितमा काम गर्न नसकेको उनको बुझाई थियो ।
नेता पौडेलले छोटो समयमै सत्तालिप्सा देखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि असन्तुष्टि व्यक्त गरे । मुलुकमा बैकल्पिक शक्ति भनेर उदाएको सो पार्टीले पुरानै शैली अप्नाएर मुलुकलाई अघि बढाउने योजना ल्याउन नसकेको उनको भनाई थियो ।





























प्रतिक्रिया