लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका कुमार दसौंदी निर्वाचित भएका छन् ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बुधबार भएको निर्वाचनमा सत्ता साझेदार दलबाट एमालेका उम्मेदवार बनेका दसौंदी ४ हजार २६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनलाई सत्तासाझेदर एमालेसहित र नेकपा माओवादी केन्द्र, राप्रपालगायत राजनीतिक दलको समर्थन थियो ।
दसौंदीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार माधव आचार्यले ३ हजार ७२० मत पाए भने नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन् । मतदानमा प्रदेशसभातर्फ तीन मत बदर भएको पाइएको छ ।
तत्कालिन एमाले सांसद खिमलाल भट्टराईले राजिनामा दिए पछि उक्त प्रदेशवाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो ।





























प्रतिक्रिया