नेपालमा शोषक वर्ग र भ्रष्टाचारीको कमी छैन, अब भण्डाफोर गर्नुपर्छ -झलनाथ खनाल

नेपालमा शोषक वर्ग र भ्रष्टाचारीको कमी छैन, अब भण्डाफोर गर्नुपर्छ -झलनाथ खनाल

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरुको कमी नभएको टिप्पणी गरेका  छन् । 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका वरिष्ठ नेतासमेत रहेका खनालले यस्तो बताएका हुन् । उनले नेपालमा दलाल पुँजीपति, शोषकहरु, कमिसन खोरहरु, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीहरुका दलालहरु रहेको बताए ।यस्ता व्यक्ति नेपालीहरुका शत्रु रहेको उल्लेख गर्दै उनीहरुले गरेको क्रियाकलापले राष्ट्रलाई विनाश गर्ने उनले बताए ।   

‘अहिले हामीसँग दलाल पुँजीपतिहरु छन्, शोषकहरु छन्, कमिसन खोरहरु छन्, भ्रष्टाचारीहरु छन्, मुनाफा खोरीहरु छन् । विदेशीहरुका दलालहरु छन् । यी हाम्र शत्रुहरु हुन् । यिनीहरुले जे क्रियाकलाप गरिरहेका छन्, यो राष्ट्रलाई विनाश गर्ने, जनतालाई भुलाउने, राष्ट्रलाई लुट्ने काम गरिरहेका छन् । यो उनीहरुको लुटपाटको बिरोध र भण्डाफोर गर्ने काममा हामी सांस्कृतिककर्मीहरु सबैभन्दा अग्रपंक्तिमा उभिनुपर्छ ।’ उनले भने । 
 
पूर्वप्रधानमन्त्री खनालले समाजवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाएर मात्रै समाजमा भएका विकृति र विसंगतिलाई हटाउन सकिने बताए । 

Logo