भारतीय सेनाका स्थल सेना अध्यक्ष मनोज पाण्डे नेपाल आउने भएका छन् ।
अध्यक्ष पाण्डे नेपाली सेनाको निमन्त्रणमा चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्ण भण्डारीका अनुसार आगामी फागुन ५ गते नेपाल आएर फागुन ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
भारतीय स्थल सेनाका प्रमुख पाण्डे दोस्रो पटक नेपाल आउन लागेका हुन् । यसअघि गत भदौ १९ गते ५ दिने नेपाल भ्रमणमा आएका थिए । उनले त्यसबेला मानर्थ सेनापतिको पदवी ग्रहण गरी भारत फर्केका थिए । नेपाल र भारतका सेना अध्यक्षहरु एक अर्का देशका मानर्थ सेनापति हुने परम्परा रहदैँ आएको छ । सो पदवी लिन उनी यसअघि नेपाल आएका थिए । उनका अनुसार ११ जना भारतीय सेनाको प्रमुख पनि नेपाल आउँदैछन् ।































प्रतिक्रिया