नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न

केन्द्रबिन्दु
0
Shares

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ ।

काठमाडौंस्थित याक एन्ड होटलमा भएको सचिवस्तरीय बैठक सम्पन्न हो । परराष्ट्र मन्त्रालय उच्च अधिकारीका अनुसार बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएका छन् ।

परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित रहेको थियो ।

परराष्ट्र मन्त्रालयका सचिव पौडेलको निमन्त्रणमा भारतीय विदेशसचिव क्वात्रा आजै दुई दिने नेपाल भ्रमणमा आएका हुन् । 

Skip This
Skip This
Logo