ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका सांसद् डा. चन्द्र भण्डारीकी आमा हरिकलाको निधन भएको छ ।
कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचारका क्रममा ८६ वर्षीया हरिकलाको बिहीबार अपरान्ह निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर डा निजिना ताम्राकारले जानकारी दिए ।
गएराति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिण्डर पड्किएर सांसद् भण्डारीसहित आमा हरिकला पनि घाइते भएका थिए । हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको थियो । उनीहरूलाई बुधबार राति नै अस्पताल लगिएको थियो ।
घाइते नेता डा. भण्डारीलाई नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न अस्पतालले सुझाव दिइसकेको छ । उनको अनुहार, दुवै हात र गोडामा २५-३० प्रतिशत जलेको छ ।































प्रतिक्रिया