कर्णालीमा माओवादीको प्रमुख सचेतकमा परियार

कर्णालीमा माओवादीको प्रमुख सचेतकमा परियार

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकमा रनसिंह परियार चयन भएका छन् । 

केन्द्रको आज बसेको दलको बैठकले उनलाई प्रमुख सचेतकमा चयन गरेको हो । प्रमुख सचेतक परियार हुम्ला प्रदेश (२) बाट निर्वाचित भएका हुन् । त्यस्तै, बैठकले सचेतकमा प्रदेशसभा सदस्य मिलन खड्कालाई चयन गरेको छ । खड्का रुकुमपश्चिमबाट समानुपातिक निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले भने हालसम्म प्रमुख सचेतक र सचेतक चयन गरेका छैनन् । कर्णालीमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १० प्रदेशसभा सदस्य छन् । त्यस्तै, नेकपा (एकीकृत समाजवादी), राप्रपा र स्वतन्त्रबाट एक/एक प्रदेशसभा सदस्य छन् ।  

Logo