जसपालाई उपराष्ट्रपति दिने विषयमा प्रधानमन्त्री सकारात्मक -अध्यक्ष यादव

जसपालाई उपराष्ट्रपति दिने विषयमा प्रधानमन्त्री सकारात्मक -अध्यक्ष यादव

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको बताएका छन्  ।

बिहीवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष यादवले यस्तो बताएका हुन् । छलफलका क्रममा आफूहरुले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा धारणा राखेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्ड जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको उनले बताए । उनले आगामी दिनमा सरकारको विषयमा पनि छलफल हुने बताए । 

अध्यक्ष यादवले प्रधानमन्त्रीले जुनसुकै काम गर्दापनि नेपाली काँग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गरेकाे उल्लेख गरे । प्रधानमन्त्रीले आगामी दिनमा काँग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिएको उनको भनाई छ । 

साँझमा पुन: प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूसहितका नेताहरु छलफलमा जुट्ने अध्यक्ष यादवले जानकारी दिए । 

Logo