बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग ओली निर्णायक छलफलमा

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग ओली निर्णायक छलफलमा

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार दिउँसो पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच भावी राष्ट्रपति र एमालेसहितको गठबन्धन जोगाउने विषयमा छलफल भएको छ । 

पूर्ववत् सहमतिअनुसार राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सघाउन ओलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् । प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा पुस १० गते गरेको सहमति कार्यान्वयन हुनुपर्ने बताउँदै आइरहेका छन्, तर प्रचण्ड भने राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै कांग्रेसलाई समेट्ने दाउमा छन् । 

Logo