नेपाली कांग्रेसले वरिष्ठ नेता रमचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरको छ ।
शनिबार बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन २५ गते हुने राष्ट्रपतिको चुनावमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए । कांग्रेसको निर्णयसँगै पौडेल ८ दलीय गठबन्धनका साझा उम्मेदवार बन्ने भएका छन् । पौडेलले दिउँसो २ बजे उम्मेदवारी दर्ता गर्ने जनाइएको छ ।
गठबन्धनका सबै नेताहरू पौने १ बजे संसद भवन नयाँ बानेश्वरमा जम्मा हुने र त्यसपछि उम्मेदवारी दर्ता गर्ने तयारी छ । कांग्रेसको निर्णयसँगै पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति बन्ने पक्का भएको छ । रामवरण यादव मुलुकको पहिलो र विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति बनेका थिए । पौडेल प्रतिनिधि सभाको सभामुख र उपप्रधानमन्त्री रहिसकेका छन् । उनी नेपाली कांग्रेसको पूर्व उपसभापति पनि हुन् ।





























प्रतिक्रिया