आठ दलीय नयाँ गठबन्धनको बैठक बस्दै, राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउने

आठ दलीय नयाँ गठबन्धनको बैठक बस्दै, राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउने

केन्द्रबिन्दु
0
Shares

आठ दलीय सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्दैछ ।

राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो । संघीय संसदको लोहत्से हलमा दिउँसो १ बजे बैठक बस्ने तय भएको नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए । नयाँ गठबन्धनले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको छ । शनिबार बिहान बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपतिको चुनावसँगै सत्ता गठबन्धन बदलिएको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपासहित ८ दलको नयाँ समीकरण बनेको छ । यसअघि सरकारमा रहेको राप्रपा बाहिरिएको छ । एमालेलगायतका दलहरूले भने औपचारिक निर्णय गरेका छैनन् । 

Logo