कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार रहेका रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवार बनाउने निर्णय गरेपछि पौडेलले लामिछानेको हात्तिगौंडास्थित निवासमा पुगेर भेट गरेका हुन् । भेटमा पौडेलले लामिछानेसमक्ष राष्ट्रपति चुनावमा आफूलाई सहयोग गर्न आग्रह गरेको लामछिानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए । जवाफमा लामिछानेले पार्टीभित्र छलफल गरेर टुंगोमा पुग्ने बताएका थिए । पौडेल राष्ट्रपतिका लागि मनोनय दर्ता नै नगरी भोट माग्न पुगेका हुन् । उनले संघीय संसद भवन पुगेर केहीबेरमा उम्मेदवारी दर्ता गराउँदैछन् ।





























प्रतिक्रिया