काठमाडौं । विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना एवं इनफ इज इनफ अभियानका अभियन्ता पक्राउ परेका छन् । शुक्रबार बालुवाटार प्रदर्शनमा जाँदै गर्दा बाटोबाट नै उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अभियन्तालाई हिरासतमा लिइएको छ। पक्राउ पर्नेहरुमा दर्शना, शशिबिक्रम कार्की, वृतान्त खनाल र सुदन गुरुङ सहितका रहेका छन् ।
इनफ इज इनफका अभियन्ताहरुले पीसीआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टाइनको राम्रो व्यवस्था गर्नुपर्ने, विदेशबाट आउनेका लागि उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै लामो समयदेखि असन्तुष्टि जनाउदै आएका छन् । इनफ इज इनफ अभियन्ताहरु सरकारले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै १४ दिनदेखि सत्याग्रहमा छन् ।





























प्रतिक्रिया